Advertisement
SKIP THIS
अछामका प्रमुख जिल्ला अधिकारी सहित कार्यलयका ५ जना कर्मचारीमा कोरोना संक्रमण

अछाम:अछामका प्रमुख जिल्ला अधिकारी लगायत  प्रशासन कार्यालयका  ५ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
सोमबार प्रमुख जिल्ला अधिकारी  मरासेनी लगायत ५ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

प्रमुख जिल्ला अधिकारी लगायत ,नागरिकता फाँट र अन्य शाखामा कार्यरत ५ जना कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने आकस्मिक र शान्ति सुरक्षा बाहेकका सबै सेवा १ हप्ताका लागी बन्द गरिएको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी मरासेनीद्वारा हस्ताक्षरित जिल्ला प्रशासन कार्यालय अछामबाट जारी सूचनामा माघ १० गतेसम्मका लागी कार्यालयबाट प्रदान हुने आकस्मिक र शान्ति सुरक्षा बाहेकका सेवा बन्द गरिएको उल्लेख गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी मरासिनी लगायत अन्य कर्मचारीमा ज्वरो आउने,खोकी लाग्ने,जीउ दुख्ने लगायतका लक्षण देखीएका छन् । कोरोना सङ्क्रमण पुष्टि भएका सबै कर्मचारी होम आइसोलेसनमा रहेको रहेका छन् ।

तपाईको प्रतिक्रिया