Advertisement
SKIP THIS
स्वामिकार्तिको विकासकालागि दलिय स्वार्थ भन्दा माथि उठौँ

महेश कट्टेल:कुनै पनि कुराको परिवर्तन गर्नकालागि सबैभन्दा पहिले ब्यक्ति स्वयम आफु परिवर्तन हुन आवश्यक हुन्छ । त्यसैले सबै क्षेत्रको परिवर्तनमा विभिन्न फरक फरक तत्वले भुमिका खेलिरहेका हुन्छन् तर समाजल परिवर्तनको मुल तत्व भनेको राजनिती हो ।

राजनिती भन्ने शब्द विश्वका सबै प्रकारका परिवर्तनको मुल स्रोत हो । भने खास गरि परिवर्तनका लागि उत्कृष्ट निती नै राजनिती हो । समग्र समाजको हितका लागि काम गर्न सक्ने मुल विद्या राजनिती नै हो । राजनिती र समाज एक अर्काका परिपुरक हुन । त्यतिमात्र होइन राजनितीक बाहेक अरु कुनै विद्या बाट पनि सामाजको सम्मपूण परिवर्तन सम्भव छैन ।  आज सम्म हाम्रो देशमा जेजति परिवर्तन र उपलब्धी भएका छन । ति सबै उपलब्धी र परिवर्तन प्रत्यक्ष वा अपत्यक्ष रुपमा राजनिती संग जोडिएका छन ।

देशमा भएको सोहि राजनितीक परिवर्तनको एउटा महत्वपूण उपलब्धिको हो संघियता । देश संघिय राज्य संरचनामा जानुको मुल उदेश्य भनेको नै सिहँदरवारको प्रत्याभुमि नागरीकलाई घर दैलोमा नै गराउनु हो । त्यसैले नागरिकले आज देशका विभिन्न कुना कन्दरा बाट सिहँदरबारको महसुस गरिरहेका छन तर जुन हिसाब र रप्तारमा राजधानिको महसुस नागरीले घर दैलोमा गर्नु पर्ने हो त्यो आज हुन सकिरहेको छैन । स्थानिय स्थरमा राजनितीक दल र दलहरुले नेतृत्व गरिरहेका ब्यक्तिहरु दल र ब्यक्तिगत स्वार्थ भन्दा माथि रहेर साझा उद्श्य निमार्ण गर्न नसक्दा यि र यस्ता यावत समस्याहरु आज सिर्जना भएका छन ।

राजनिती के का लागि गर्ने ? राजनिती कस्कालागि गर्ने हो ? एक दलका साथीहरुले अर्को दलका साथीहरु लाई  गालिबेजत गर्ने राजनिती हो की ? एक अर्कालाई पूर्वाआग्रहका दृष्टिले राजनिती गर्ने हो की ? जसरी एउटा गमलामा राखेको फुल गमलाको सहायताले फुलेर झकिझकाउ भएको हुन्छ । त्यसरी गरिब निमुखा र सबै बर्गको सहायतामा राजनिती फुलिरहेको हुन्छ । म अहिले स्वामिकार्तिकको नागरिक सदस्य भएको हिसाबले पहिले म यस पालिकाको नागरिक हुँ ।

त्यसपछि मात्र एउटा पाटीको सदस्य हुँ भन्ने कुरा मैले बुझेको छु । जसरी हामी श्रावण पूर्णिमा सबै जातजाति सबै बर्ग समूहका मानिसहरु देश विदेश बाट सकिनसकी ऋण् सापट गरेर आफ्नो मान्यजन देवतालाई खुशि पार्न लाम लागेर यो पवित्र स्थलमा पुग्दछौ । साच्चै नै यो हाम्रो भुमि पवित्र छ । तर हामी राजनितीक दलका नामा यसमा सहभागि भएका सचेत बर्गले यसलाई अपवित्र बनाउने प्रत्यन नगरौ।

जसरी एउटा रुखको गुडमा बसेका चराका बच्चाहरुले केबल मुख हाँहाँ गरेका हुन्छ्न । उनिहरुले बाच्नका लागि खाने कुराको मात्र आस गरेका हुन्छ्न । ति चराका बच्चाहरुले आफ्नो आमाले ल्याएको खाने कुरा मात्र खान्छु भन्दैनन् ,जुन सुकै पन्छीहरुले ल्याएको खाने कुरा खान बाध्य हुन्छन् । त्यस्तै आज हाम्रा जनताहरुमा थुपै किसिमका समस्याहरु छन । जस्तै ः भोकमरीका समस्या छन , बेरोजगारका समस्या छन ,स्वास्थ्यका समस्या छन , शिक्षाका समस्या छन , प्राकृतिक प्रकोपका समस्या छन, बाटोघाटो, सडक,संञ्चार आदि लगायत थुप्रै कुराहरुका समस्या छन । त्यसैले आज स्वामिकार्तिकका जनताको मुखमा सबै दलका अभिभावकहरुले चारो हाल्ने प्रयास गरौँ । समग्रमा स्वामिकार्तिक खापर गाउपालिकाको विकासका लागि जसरी देश विदेशबाट ऋण  सापट गरि सकि नसकि तेरो मेरो राजनितीक दलको भाव नराखि माता शुनन्दा र खापर कलशको आर्शिवाद पाउनका लागि सबैका नुहागी र भेटी एउटै छाजिमा मिसाउन बाध्य हुन्छौँ ।

त्यसैगरी सिङ्गो स्वामिकार्तिक खापर गाउपालिको विकासका लागि हातेमालो गरेर सुविधा समपन्न पालिका बनाउन राजनितीक दलका स्वार्थ र आफ्नो ब्यक्तिगत स्वार्थ भन्दा माथि रहेर सम्मपूर्ण सबै बर्गका ब्यक्तिहरुको उथानका लागि जसरी देविदेवताको बिडामा सबै बर्गका भेटी र नुहागी अटाउछन । त्यसैगरी यस पालिकाका सम्मपूर्ण वर्गका समस्याहरु हामी सबै राजनितीक दलका साझा उदश्यमा अटाउन नितान्त आवश्यक छ । हामी सबैको हित र कल्याण यसैमा हुने छ भन्ने मैले विश्वास लिएको छु । शिरमा देविदेवताको बास काखैमा बगिरहेको कर्णालि र यहाँको खाद्य उत्पादन हाम्रा लागि परिवर्तनका मूल ढोका हुन । त्यसैले यी यस्ता परिवर्तनका ढोका खोल्न अब स्वामिकार्तिकमा राजनितीक दल र नागरिक अगुवाले ढिलो गर्नु हुदैन । 

लेखकः नेपाली काँग्रेस स्वामिकार्तिक खापर गाउँपालिका पाटी सभापति हुन ।

तपाईको प्रतिक्रिया