Advertisement
SKIP THIS
बयालपाटा अस्पतालको सार्वजनिक सुनुवाइमा नेताका आश्वासन, नयाँ बोत्तलमा पुरानो रक्सी

अछाम :न्याय हेल्थ नेपालबाट संचालित बयालपाटा अस्पतालले पहिलोपटक सार्वजनिक सुनुवाइ गरेको छ।

अस्पतालको आर्थिक बर्ष २०७७÷०७८ को सामाजिक परिक्षण कार्यक्रममा सहभागी सरोकारवाहरु यश अधि बयालपाटा अस्पतालले आर्थिक संकट भयो सहयोग गरिदिन आग्रह गरेका ब्याक्ती नै रहेका थिए ।

सामाजिक परिक्षण कार्यक्रममा नेकपा एमालेका नेता तथा पूर्व उप प्रधानमन्त्री भिम रावल, अछाम क्षेत्र न २ बाट निर्वाचित सांसद यज्ञ बहादुर बोगटी, प्रदेश सांसद हर्क बहादुर कवँर, जिल्ला समन्वय समिती अछामका प्रमुख नर बहादुर कुवँर, साफेबगर नगरपालिकाका प्रमुख कुल बहादुर कुवँर, मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहरा, बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्का, नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बहादुर बोहरा, नेपाली काग्रेसका महाधिवेशन प्रतिनिधि राजन कुवँर, एकिकृत नेकपा समाजवादीका उपसचिव हिक्मत कुवँर, जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनराज ढुंगाना लगायका सरोकारवाला रहेका थिए । यी सबैले एउटै कुरा भने जुन यश अधिकास कयौं कार्यक्रममा भनेका थिए ।

उनिहरुले कुनै लाज नमानी  बयालपाटा अस्पतालको विकासका लागि आ –आफ्नो क्षेत्रबाट सहयोग गर्ने  प्रतिबद्धता पुनः  जनाएका छन ।

अस्पतालले अछाम सहित बाजुरा, डोटी र दैलेख जिल्लाका सेवाग्राहीलाई समेत सेवा दिईरहेकाले अस्पतालको दिगो विकास र अहिलेको सेवालाई निरन्तरता दिन सबै तहका क्षेत्रबाट सहयोग गर्नुपर्नेमा पुनः जोड दिएका छन ।

तपाईको प्रतिक्रिया