Advertisement
SKIP THIS
अछाममा गिट्टी कुट्ने क्रममा ढुंगा लाग्दा एक बालकको मृत्यु

अछाम : अछाममा गिट्टी कुट्ने क्रममा टाउकोमा ढुंगा लाग्दा एक बालकको ज्यान गएको छ ।

जिल्लाको कमलबजार नगरपालिका वडा नः १ मुली मोटरकाट्ने निवासी १५ बर्षिया हिक्मत अधिकारीको मृत्यु भएको हो।

वडा नः १ को बतासे बजार जाने सडक नजिकै गिट्टी निकाल्नका लागी बनाइएको खाल्डोमा गिट्टी निकाल्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर अधिकारीको मृत्यु भएको स्थानिय दिवश बडुवालले बताए ।

बुधबार दिउँसो गिट्टी निकाल्ने क्रममा उक्त घटना भएपछि टाउँकोमा गम्भिर चोट लागेका अधिकारीलाई उपचारका लागी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको बडुवालले जानकारी दिए।

तपाईको प्रतिक्रिया