Advertisement
SKIP THIS
राष्ट्रिय प्रशारण लाईनमा जोडीयो अछामको ढकारी गाउँपालीका

निराकरण सम्वाददाता अछाम:अछामको ढकारी गाउँपालीकामा राष्ट्रिय प्रशारण लाईनको बिधुत पुगेको छ। बिहिबार नेपाली कांग्रेस नेता बल बहादुर कुँवरले बिधुतको उद्घाटन गरे।

अछामको बिकट गाउँपालीकामा पहिलो पटक बिघुत पुगेको छ। ढकारी गाउँपालीकाको अथक प्रयास पछि गाउँपालीकाको केन्द्रमा राष्ट्रिय प्रशारणको बिधुत पुगेको ढकारी गाउँपालीकाले जनाएको छ।

अहिले गाउँपालीकाको केन्द्र सम्म बिधुत पुग्यो अब दुर्त गतिमा गाउँपालीकाका प्राय जसो ठाउँमा बिधुतिकरण हुने तयारीमा ढकारी गाउँपालीका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भाटले भने।

तपाईको प्रतिक्रिया