Advertisement
SKIP THIS
पत्रकारीताबाट उदाएका भट्ट, एमाले अछामको सदस्यमा सर्वाधिक मतका साथ बिजयी

अछाम : नेकपा एमाले अछामको जिल्ला सदस्यमा सर्बाधिक मतका साथ पुष्पराज उपाध्याय (पुष्प भट्ट) बिजयी भएका छन् ।

उनले खसेको ७ सय ४९ मतको ३ सय २७ मत प्राप्त गरे । खुल्ला तर्फ २७ जनाका लागि भएको प्रतिष्पर्धामा उनले सबै भन्दा बढी मत प्राप्त गरे । उनले ३१ जनालाई पछि पार्दै पहिलो नम्बरमा जित निकाले ।

पत्रकारतिा क्षेत्रबाट राजनितिमा प्रबेश गरेका उनले अछाम जिल्लाका दुबै क्षेत्रका मतदाताले मतदान गरेका छन् । यस्तै पत्रकारीता पृष्ठभुमीका नरेश कुमार शाहीले पनि बिजयी हासिल गरेका छन् ।

खुल्ला सदस्यमा नै उनले २ सय ४१ मत सहित बिजयी हासिल गरे । कुल ३२ जनामा उनले २० औँ नम्बरमा आफुलाई सुरक्षित गरे ।

तपाईको प्रतिक्रिया