Advertisement
SKIP THIS
अध्यक्ष पदमा पराजित शाहद्वारा सम्पुर्ण प्रतिनिधिप्रति हार्दिक आभार सहित धन्यवाद

अछाम:नेकपा (एमाले ) आठौं जिल्ला अधिवेशनका उपविजेता प्रकाश शाहले अध्यक्ष पदमा मतदान गर्ने सम्पुर्ण प्रतिनिधिप्रति हार्दिक आभार सहित धन्यवाद दिएका छन् ।

अध्यक्षमा निर्वाचित चन्द्र बोहरा सहित सम्पूर्ण पदाधिकारीलाई बधाई तथा  सफलताको शुभकामना व्यक्त गरे। कार्यकर्ताको अभिमत र पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यासलाई सम्मान गर्ने उपविजेता  शाहले सामाजिक संजाल मार्फत अभिमत प्रकट गरेका छन् ।

पराजय प्रति असन्तुष्टी नभई आगामी दिनमा अझै नेकपा एमालेलाई  बलियो बनाउने अभियानमा लाग्ने उनको भनाई रहेको छ ।सामाजिक संजाल मार्फत शाहलाई सबैले सहानुभूति प्रकट गरेका छ्न ।

उपविजेता उम्मेदवारले कार्यकर्ताको अभिमत र लोकतान्त्रिक अभ्यासलाई सहर्ष स्विकार गरेकोमा शाहको राजनीतिक यात्राको सफलताको शुभकामना दिएका छ्न् । पराजय नै विजयको सुरुवात हो भन्ने कुरा बुझेकोमा धन्यवाद सहित बधाई दिएका छ्न्।

आठौं जिल्ला अधिवेशनवाट चन्द्र वोहरा ४ सय ४१ मत ल्यार निर्वाचित भएका  छन् भने  शाहले ३ सय ७ मत प्राप्त गरे । तर सचिव, उपाध्यक्ष र एक सहसचिव भने शाह प्यानलले जितेको छ । पदाधिकारीमा शाह प्यानल बहुमतमा रहेको छ।

तपाईको प्रतिक्रिया