Advertisement
SKIP THIS
नेपाली कांग्रेस अछाम क्षेत्र नं १ प्रदेश सभा `क´ द्वारा केन्द्रीय सदस्य शाह लागायतलाई सम्मान

निराकरण सम्वाददाता अछाम:नेपाली कांग्रेस अछाम क्षेत्र नं १ प्रदेश सभा क को प्रथम बैठक सम्पन्न भएको छ।

सोमबार प्रदेश सभा क सभापति महेश खड्काको अध्यक्ष्ामा भएको प्रथम बैठकले अछामबाट नव निर्वाचित केन्द्रीय सदस्य गोबिन्द्र बहादुर शाह, प्रदेश सह महामन्त्री अम्बिका चलाउने ,प्रदेश सभा सदस्य अनुराधा स्वार,तुलाराम साउँद,रुपा आउजी,र महाधिवेशन प्रतिनिधिहरुलाई सम्मान गरेको छ।

कार्यक्रम प्रमुख अथितिको आसनबाट बोल्दै केन्द्रीय सदस्य गोबिन्द्र बहादुर शाहीले बिजयी गर्न सहयोग गराउने सम्पूर्णमा धन्यवाद ब्यक्त गरे ।

नेपाली कांग्रेस गौरवशाली पार्टी भएको बताउदै सबैले आ आफ्नो ठाउँबाट लागेर यस गौरव कायम गरि राख्नु पर्नेमा उनले जोड दीए । बिपि ,गणेशमानको सपना पुरा गर्न अझै बाकि रहेको बताउदै केन्द्रीय सदस्य शाहले अब त्यो सपना पूरा गर्न सबैले मिलेर लाग्नुपर्ने  बताए ।

यश अगाडिका नेतृत्वले गरेका गल्तीबाट पाठ सिक्दै आगामी दिनमा नेपाली कांग्रेसलाई सबल बनाउन आफू लागि उनले पर्ने केन्द्रीय सदस्यमा निर्वाचित भएपछि आफ्नो काधमा थप जिम्मेवारी आएको यो जिम्मेवारी पुर्ण रुपमा बहन गर्ने बताए । आन्तरिक निर्वाचनमा हार जित स्वाभिक भएकाले हार्दिकता कायम गर्दै जानुपर्ने बताए । अब लगत्तै निर्वाचन हुने भएकाले पार्टी भीत्रको हार जितलाई स्वाभाविक लिई पार्टी बलियो बनाउन सबैले लाग्नुपर्ने केन्द्रीय सदस्य शाहले बताए ।

कार्यक्रममा बिशिस्ट अथिती नेपाली कांग्रेस जिल्ला सभापति भरत कुमार स्वाार, सुदूरपश्चिम सह महामन्त्री अम्बिका चलाउने रहेका थिए। कार्यक्रम नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियोे ।

तपाईको प्रतिक्रिया