Advertisement
SKIP THIS
नेकपा एमालेलाई एकताबद्ध गर्न जिल्ला कमिटी सदस्यमा उम्मेदवार:  कुँवर

अछाम:नेकपा एमालेको जिल्ला कमिटी सदस्यमा युवा नेता दिपक कुँवरले खुल्ला सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् ।

युवा संघका केन्द्रिय सदस्य समेत रहनुभएका कुँवरले जिल्ला कमिटी सदस्य उम्मेदवारी दिए। नेकपा एमालेलाई  एकताबद्ध बनाउदै आगामी निर्वाचनमा बलियो पार्टी बनाउनको लागि  उम्मेद्वारी रहेको कुँवरको भनाई रहेको छ  । उनले युवा पुस्ता नेतृत्वमा आउन सकेमा पार्टी गतिशील बन्ने उनको भनाई रहेको छ।

युवा नेता कुँवरले पार्टीको संगठन निर्माण महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आएका  छन।हरेक कार्यकर्ताको निर्णयका आधारमा आफू अघि बढ्ने भएकोले एमालेका प्रतिनिधिले जिल्ला कमिटी सदस्यमा आफुलाई निर्बाचित गर्न बिश्वास व्यक्त गरे।

युवा नेता कुँवरले पार्टीको संगठन निर्माण स्थानीय तहदेखि जिल्ला तह सम्म महत्त्वपूर्ण भुमिका निर्बाह गर्दै आएका छन् । आफू सम्पुर्ण प्रतिनिधिको साथ सहयोगमा जिल्ला कमिटी सदस्यमा उमेदवार बनेको युवा नेता कुँवरको भनाई रहेको छ ।

तपाईको प्रतिक्रिया