Advertisement
SKIP THIS
एमाले अछामको ८औं अधिबेशन,प्रकाश शाह प्यालनद्वारा मनोनयन

निराकरण सम्वाददाता अछाम :नेकपा एमाले अछामकाे नेतृत्वका लागि प्रकाश शाह प्यानलले उम्मेदवारी दर्ता गराएको छ ।

निर्वाचन अधिकृत कार्यालय एमाले पार्टी कार्यालय मंगलसेनमा अध्यक्ष पदमा प्रकाश शाह, उपाध्यक्ष बल बहादुर कुँवर, सचिव भीम बहादुर रावल (कालाेटाेपी) उप-सचिवमा प्रेम बहादुर महर र प्रेम खत्रीले उम्मेदवारी दर्ता गराएका हुन ।

अर्को प्यानल चन्द्र बोहरा प्यानल केही समयमा उम्मेदवारी दर्ता गर्ने तयारीमा रहेको छ ।जिल्ला अध्यक्षको लागि अछाममा  ओली र रावल पक्ष बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

ओली तर्फबाट चन्द बोहरा भिम रावल तर्फबाट प्रकाश शाह जिल्ला अध्यक्षमा उम्मेदवार रहेका छन् ।अछामका ९१ वडाका  ७ सय बढी प्रतिनीधीले भोलि बिहान जिल्ला कार्यसमिति चयनका लागि मतदान गर्दैछन् ।

तपाईको प्रतिक्रिया