Advertisement
SKIP THIS
केन्द्रिय सदस्यमा निवार्चीत शाहलाई साफेबगरमा सम्मान

निराकरण सम्वाददाता अछाम:आसन्न नेपाली कांग्रेसको १४ औं महाधिबेशनबाट नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा निवार्चीत पुर्ब सुचना तथा राज्य मन्त्री गोबिन्द्र बहादुर शाहलाई स्वागत तथा सम्मान गरिएको छ ।

आईतबार नेपाली कांग्रेस क्षेत्र नं १ द्धारा केन्द्रिय सदस्यमा निवार्चीत पुर्ब सुचना तथा राज्य मन्त्री गोबिन्द्र बहादुर शाहलाई स्वागत तथा सम्मान गरिएको हो ।

नेपाली कांग्रेस क्षेत्र नं १ क्षेत्रिय सभापती कृष्ण बुढाके अध्यक्षतामा भएको सम्मान कार्यक्रमा हालै केन्द्रिय सदस्यमा निवार्चीत गोबिन्द्र बहादुर शाह प्रमुख अथीती रहेका थिए । कार्यक्रमा बोल्दै केन्द्रिय सदस्य शाहले निवार्चीत गराउन सहयोग गर्ने सम्पुर्णमा धन्यवाद ब्यक्त गरे । कार्यक्रमा नेपाली कांग्रेस अछामका सभापती भरत कुमार स्वार बिशीष्ट अथीती रहेका थिए ।

कार्यक्रमा प्रदेश सदस्यमा निवार्चीत तुलाराम साउँद, रुपा आउजीलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमा माहाधिबेशन प्रतीनीधि कृष्ण कुँवर ‘एन्जीला”, जयन्द्र स्वार अप्सरा कुँवर , जिल्ला समन्वयन समीती प्रमुख नर बहादुर कुँवर लगायत अन्य नेता तथा कार्यकर्ताको उपस्थीती रहेको थीयो । कार्यक्रमको सञ्चालन क्षेत्रिय सचीव भीम कुँवरले गरेका थिए ।

तपाईको प्रतिक्रिया