Advertisement
SKIP THIS
नेकपा एमाले अछामको अध्यक्ष चयनका लागी रस्साकस्सी

निराकरण सम्वाददाता अछाम :नेकपा एमाले अछामको अध्यक्ष चयनका लागी रस्साकस्सी देखिएको छ । केन्द्रको निर्णय निर्देशन अनुसार सहमती मै नेतृत्व चयन गर्न दवाव रहेको छ ।

तर अछाममा अध्यक्ष केपी शर्मा ओली र पुर्ब उपाध्यक्ष भीम रावल पक्ष बिच प्रतीस्प्रर्धा हुने अवस्था रहेको छ ।भोली बिहान देखि मतदान हुने भएपनी निवार्चन समीतीको कार्यतालीका रहेको छ ।

सहमती कायम गर्नृे भनी अध्यक्षका प्रत्यासीहरु गोप्य रुपमा छलफल गरिहेका स्रोतले बताएको छ ।सहमतीको प्रयास जारी राखेपनी सहमतीको सम्भावना न्युन्न देखिएको छ। अछाममा ओली र रावल पक्ष बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

ओली तर्फबाट चन्द बोहरा भिम रावल तर्फबाट प्रकाश शाह जिल्ला अध्यक्षको मुख्य दाबेदारमा रहेका पार्टी स्रोतले बताएको छन। तर पार्टीमा सहमतिकै आधारमा आफु जिल्ला अध्यक्ष बन्नुपर्ने कृष्ण प्रशाद भट्टराईको माग रहेको छ।

तपाईको प्रतिक्रिया