Advertisement
SKIP THIS
काँग्रेसलाई पहिलो पार्टी बनाउन सबैले लाग्नु पर्छ,सभापति सिंह

डोटी:नेपाली कांग्रेस डोटीका पार्टी सभापति नरेन्द्र बहादुर सिंहले तीनै तहको निर्वाचन नजिकै आइसकेकाले काँग्रेसलाई पहिलो पार्टी बनाउन सबैले लाग्नु पर्ने बताएका छन् । प्रदेश सभा क्षेत्र ञखझनिबर्तमान कार्यसमितिको बिदाइ तथा बर्तमान कार्यसमितिलाई बरबुझार कार्यक्रममा बोल्दै सभापति सिंहले अब नेताकार्यकर्ता सबैले महाधिवेशनको तुषलाई बिर्सेर नजिकिदै गरेको निर्बाचनमा केन्द्रिय हुने पर्ने बताए हुन् ।

कम्युनिष्टहरुले मुलु्कको नेतृत्व गर्न सक्दैनन् भन्ने कुरा दुईतिहाइ मत पाएर पनि सरकार सञ्चालन गर्न असफल भएपछि सिद्ध भैसकेकोले अव देशको नेतृत्व काँग्रेसले मात्र गर्न सक्ने बताए। उनले भने पार्टीमा शंका उप शंका नगरौं । पार्टीमा लागेका पूराना तथा नयाँ सबै नेताकार्यकर्ताको सम्मान गरेर पार्टीलाई चलायामान बनाउने छु।, पार्टीलाई जिवन्त राख्न सबैको उत्तिकै महत्वपूर्ण भुमिका रहेकोे छ।उनले थपे पार्टीको महाधिवेशन सकिसकेकाले गुट(उपगुट बिर्सेर तीन तहको निर्वाचनमा केन्द्रित हुनुपर्ने बताए। ‘अब तीनै तहका निर्वाचनमा अर्जुनदृष्टि लगाउनुपर्छ,अब मुलुकलाई नयाँ ढंगले अघि बढाउने जिम्मेवारी कांग्रेसको हो ।’

देशलाई विकास र समृद्धिको यात्रामा अघि बढाउन कांग्रेसको नेतृत्व जरुरी रहेको उनको भनाइ छ । त्यस्तै कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस सुदुर पश्चिम प्रदेश सदस्य प्रेमा श्रेष्ठले अब नेपालमा काङ्ग्रेस बिकल्प नभएको बताइन् । दुई तिहाई पाउँदा समेत कमुनीष्टले देश चलाउन नसकाले अब काङ्ग्रेस मय बनाउनु सबै लाग्नु पर्ने बताइन् ।

त्यस्तै कार्यक्रममा बोल्दै महाधिवेशन प्रतिनिधि तथा शिखर नगर पालिकाका नगर प्रमुख सिताराम जोशी, महाधिवेशन प्रतिनिधि तथा केआइसिंह गाउँ पालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाही , महाधिवेशन प्रतिनिधि तथा शिखर नगर उप प्रमुख धौली देबि रालव , महाधिवेशन प्रतिनिधि रामचन्द्र राणा ले जनताले काङ्ग्रेसलाई पर्खि रहेकाले अब एक ढिक्का भएर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।

रास्ट्रियता ,लोकतन्त्र र समाजबादलाई मनन गरेर सबैले अगाडि वड्नु पर्ने समेत जोड दिएका थिए । नेपाली कांग्रेस डोटी क्षेत्र ञख झका क्षेत्रीय सभापति भैरब साउदको सभापतित्वमा भएको कार्यक्रममा नेताकार्यकर्ताको उपस्थिति रहेकोे थियो ।

तपाईको प्रतिक्रिया