Advertisement
SKIP THIS
डडेल्धुरामा एमालले उम्मेदवार नै पाएन

डडेल्धुराः नेकपा एमाले डडेल्धुराको जिल्ला अधिवेशनका लागि भएको मनोनयन दर्ताको नामावली सार्वजनिक गरिएको छ। सार्वजनिक नामावली अनुसार एमाले डडेल्धुराले ११ पदमा उम्मेदवार नै पाएको छैन।

खुला सदस्यतर्फ महिला १० हुनुपर्नेमा ५ जनाको मात्र उम्मेदवारी परेको छ भने ५ जनाको उम्मेदवारी नै परेको छैन। भौगोलिक क्षेत्रअन्तर्गत प्रत्येक नगरपालिकाबाट ५ खुला र ३ महिला हुनुपर्नेमा अमरगढी नगरपालिकाबाट १ जना मात्र महिलाको उम्मेदवारी परेको छ। २ जनाको उम्मेदवारी नै परेको छैन।

यसैगरी अजयमेरु गाउँपालिकामा ३ जना खुला र दुई जना महिला हुनुपर्नेमा खुलातर्फ दुई जनाको मात्रै उम्मेदवारी परेको र एकजनाको उम्मेदवारी नै नपरेको निर्वाचन समितिले जनाएको छ।

भागेश्वर गाउँपालिकामा २ महिला सदस्य पदका लागि १ जनाको मात्र उम्मेवदवारी परेको छ। यसैगरी दलित महिला सदस्य ४ पदका लागि दुई जनाको उम्मेदवारी परेको र दुई जनाको उम्मेदवारी नै नपरेको जनाइएको छ।

निर्वाचन समितिले सार्वजनिक गरेको नामावलीमा एकजना अध्यक्ष पदका लागि २ जनाको उमेदवारी परेको छ। वर्तमान अध्यक्ष प्रकाश साउँद र अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझा ९विपिन० ले अध्यक्ष पदका लागि उमेदवारी दर्ता गराएका छन्।

यसैगरी एक उपाध्यक्ष पदका लागि ४ जनाको उमेदवारी परेको छ। उपाध्यक्षमा केशव बोहरा, खडकबहादुर बोहरा, धनबहादुर धामी ९विवेक० र रूपसिंह ठकुराठीको उम्मेदवारी परेको निर्वाचन समितीले जनाएको छ।

यस्तै एक सचिव पदका लागि २ जनाको उमेदवारी परेको छ। सचिव पदमा करन ताम्राकार र गजेन्द्र शाहीले उमेदवारी दर्ता गराएका छन्।

यसैगरी २ उपसचिव पदका लागि ३ जनाको उमेदवारी परेको छ। उप–सचिवमा अन्जु गैरी, मीन बोगटी र शान्ती भट्ट जोशीको उमेदवारी परेको छ।

तपाईको प्रतिक्रिया