निराकरण सम्वाददाता अछाम:साँफेबगर नगरपालिका वडा नं. ११ देविस्थानद्धारा सास्कृती संरक्षणका लागि सहयोग गरेको छ ।
शनीबार साँफेबगर नगरपालिका वडा नं. ११ देविस्थानका वडा अध्यक्ष गणेश बहादुर खड्काले भिर्कु टोलका नागरी परिवारलाई सास्कृती संरक्षणका लागी ५० हजारका १० ओटा सेट जामा हस्तान्तरण गरेका छन ।
पछिल्लो समयमा सास्कृती कार्यमा लगाईने जामा लोप हुदैँ गएकाले उहाँँहरुको आग्रहमा १० सेट जामा बितरण गरिएको साँफेबगर नगरपालिका वडा नं. ११ देविस्थानका अध्यक्ष गणेश बहादुर खड्काले बताए। आफूहरुले हरेक सास्कृती कार्यमा लगाईने जामा सहयोग गरेकोमा भिर्कु टोलका नागरी परिवारले धन्यवाद दिए ।









