Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालीकामा भुमिहिनहरुको तथ्यांक संकलनको पहिलो रिपोर्टिङ तथा समिक्षा कार्यक्रम सम्पन्न

निराकरण सम्वाददाता अछाम:बान्नीगढी जयगढ गाउँपालीकामा भुमिहिनहरुको तथ्यांक संकलनको पहिलो रिपोर्टिङ तथा समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
शनीबार बिकास र समाजिक परिवर्तनका लागि संञ्चार (एफएमडिसी)का अध्यक्ष गणेश तिरुवाको अध्यक्षतामा समिक्षा कार्यक्रम सम्पन्न भएको हो ।

बान्नीगढी जयगढ गाउँपालिकामा भित्रका अब्यवस्थित भुमीहीन बसोवासीहरूका तथ्याङ्कको लागी प्रति वडा २ जनका दरले तथ्याङ्क कर्ताहरु परिचालन गरिएको थीयो ।तथ्याङ्ककर्ता हरुले घर घरमा गई संकलन गरेको तथ्याङ्क संकलनको अवस्था आगामी कार्यक्रको योजनाबारे समीक्षा गरिएको थीयो ।

बान्नीगढी जयगढ गाउँपालिकाले पालीका भित्रका भुमीहीन नागरिकहरुलाई जग्गा धनी पुर्जा बितरण गर्ने उदेश्यका बिकास र समाजिक परिवर्तनका लागि संञ्चार (एफएमडिसी)को सहजीकरणमा भुमीहीनहरुको तथ्याङ्क संकलन गरिरहेको छ ।

समिक्षा कार्यक्रममा वाक नेपालका अध्यक्ष बल बहादुर केसी, नागरिक समाजका सदस्य मान बहादुर कुँवर पत्रकार महासंघ अछामका सदस्य तारामान खड्का ,सुचनाका लागी नागरिक सञ्जालका सुदूरपश्चीम सदस्य मनिस बिक लगायत बान्नीगढी जयगढ गाउँपालिका भित्रका १२ जना तथ्याङ्क संकलनकर्ताको उपस्थीती रहेको थियो ।

तपाईको प्रतिक्रिया