Advertisement
SKIP THIS
नेपालमा एकैदिन भेटीए ओमिक्रोनका २४ संक्रमित

काठमाण्डौ:शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ जना मानिसमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी गरायो। योसँगै नेपालमा ओमिक्रोन भेरियन्ट संक्रमितको संख्या २७ पुगेको छ।

मन्त्रालयले ओमिक्रोन संक्रमितहरूको स्वास्थ्य अवस्थाबारे भने कुनै जानकारी गराएको छैन।

अहिले नयाँ भेटिएका २४ जना ओमिक्रोन संक्रमितमा कस्ता खालका स्वास्थ्य समस्या देखिएका छन् भन्ने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छैन। साथै ती संक्रमितहरू कहाँबाट आएका भन्नेबारे पनि मन्त्रालयले खुलाएको छैन।

तर मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले ओमिक्रोन पुष्टि भएका सबै संक्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्।

उनले अहिले पुष्टि भएका सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको भन्दै कसैमा पनि जटिलता नरहेको बताए।

तपाईको प्रतिक्रिया