Advertisement
SKIP THIS
अछाममा एमालेको जिल्ला अध्यक्षका लागि ओली र रावल पक्ष बिच कडा टक्कर

निराकरण सम्वाददाता अछाम:नेकपा एमाले अछामको ८ औं जिल्ला अधिबेशन मंगलसेनमा उद्घाटन गरिएको छ।

शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय पार्टी कार्यलयबाट एक साथ देशै भरका जिल्ला अधिबेशनको उद्घाटन गरेका हुन्।

अछाममा भएको उद्घाटन कार्यक्रममा नेकपा एमाले अछामका ईञ्चार्ज झपट बोहरा प्रमुख अथिती रहेका थिए ।

पार्टिको नयाँ नेतृत्व चयनका लागि शनिबार बिहान १० बजेबाट मालिका रंगशालामा बन्दसत्र सुरु हुनेछ । बन्दसत्रमा झण्डै अछामका ९१ वडाका  ७ सय बढी प्रतिनीधी सहभागी हुनेछन ।

जिल्ला अध्यक्षको लागि अछाममा  ओली र रावल पक्ष बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ। ओली तर्फबाट चन्द बोहरा भिम रावल तर्फबाट प्रकाश शाह जिल्ला अध्यक्षको मुख्य दाबेदारमा रहेका पार्टी स्रोतले बताएको छन।

तर पार्टीमा सहमतिकै आधारमा आफु जिल्ला अध्यक्ष बन्नुपर्ने कृष्ण प्रशाद भट्टराईको माग रहेको छ।

तपाईको प्रतिक्रिया