राज पार्की, डोटि:मुक्त हलिया सशक्तीकरण ९ब्म्ज्क्ष्ऋब्च्० परियोजना मुक्त हलिया, महिला र अपाङ्गता भएका ब्यक्तिहरुको मानव अधिकार उल्लंघन मुद्दाहरुको व्यबस्थापन सम्बन्धी तीन दिने तालिम सिलगढिको शुक्रबार सम्पन्न भएको छ ।
सरकारले कानुन बनाय पनि कार्यन्वयनमा नआएको भनेर कार्यक्रममा सहभागीले दुखेसो पोखेका थिय । कार्यक्रममा मानव अधिकार, मानव अधिकार उल्लङ्घनका घटना, नागरिक समाजको भुमिका, आदि बिषयमा छलफल भएको थियो । युरोपियन युनियन र जिल्लामा हलिया समस्या समाधानका लागि क्रियाशिल संस्थाको सहयोगमा कार्यक्रम भएको हो ।
मुक्त हलिया, महिला र अपाङ्गता भएका ब्यक्तिहरुको मानव अधिकार उल्लंघन मुद्दाहरुको व्यबस्थापान गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम गरिएको हो ।
हलिया माहासंघले आवाश सम्बन्धि कार्यक्रम संचालन गर्ने, परिचयपत्रको व्यवस्था मिलाउने, सबै हलियालाई समान रुपले घरहरुको व्यवस्था गर्ने, विद्यालय स्वास्थ यातायातको सुबिधा गर्न पहल गर्ने कार्यक्रममा सहभागी हलिया अगुवाहरुले प्रतिबद्धता गरेका छन ।हलिया समुहका प्रतिनिधि कर्ण चुनारले कार्यक्रमको सहजिकरण गरेका थिए ।
सिलगढी स्थित रिमझिम होटलमा संचालन भयको कार्यक्रममा जिल्लामा हलिया समस्या समाधानका लागि रहेका क्रियाशिल संस्थाका कर्मचारी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो।









