Advertisement
SKIP THIS
सुदूरपश्चिम आम सञ्चार निति बन्दै: अछाममा पत्रकार सँग सुझाव संकलन

अछाम :सुदूर पश्चिम प्रदेशमा प्रदेश सरकारले आफ्नै आम संचार निति बनाउने भएको छ । प्रदेश सरकारले प्रदेशभरीमा आफ्नै आम संचार निति लागु गर्न प्रदेश संचार निति बनाउन लागेको हो ।

प्रदेशमा बन्न लागेको आम संचार निति निर्माणका लागि बनेको मस्यौदा समितिले प्रदेशका ९ वटै जिल्ला सुझाब संकलन गरिरहेको छ ।

आम संचार निति मस्यौदा समितीले बिहिबार अछामको मंगलसेनमा प्रारम्भिक मस्यौदा माथिको सुझाब संकलन र छलफल कार्यक्रमको आयोजना गरेको छ ।

प्रदेशमा आम संचार निति कस्तो हुनुपर्छ र यसमा समाबेश गर्नुपर्ने बिषयहरु केके हुन सक्छन भनेर समितीले सुझाब संकलन सहित छलफल गरिरहेको छ ।

मस्यौदा समितीका सदस्य तथा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितीका अध्यक्ष योगेश रावलले बन्न लागेको नितिको बारेमा जानकारी गराएका थिए भने अर्का सदस्य एवं महासंघ प्रदेशका संस्थापक अध्यक्ष अर्जुन शाहले बनेको मस्यौदा अछाम स्थित संचारकर्मी र पत्रकारहरुलाई जानकारी गराएका थिए ।

कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी र जिल्ला स्थित पत्रकाहरुले संचार नितिमा समाबेश गर्नुपर्ने बिषयमा आ आफ्ना धारण राखेका थिए । दुर्गम पहाडमा पत्रकारीता गर्दाका अप्ठेरा र संचारमाध्यमले भोग्नु परेका समस्याका साथै नितिमा राख्नु पर्ने बुदाहरु सुझाबका रुपमा दिएका थिए ।

सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा महासंघ प्रदेशको समन्वयमा कार्यक्रम भएको थियो ।

तपाईको प्रतिक्रिया