Advertisement
SKIP THIS
सुदूरपश्चिममा बढ्न थाले  कोरोना सङ्क्रमित ,सचेत रहन आग्रह

रासस :सुदूरपश्चिम प्रदेशमा ह्वात्तै कोरोना भाइरस सङ्क्रमित बढेका छन् । सोमबार एकैदिन यस प्रदेशमा २८ जनामा  सङ्क्रमणको पुष्टि भएको छ । यसअघि आइतबार पाँच जनामा मात्रै सङ्क्रमण देखिएको थियो । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ८७७ जनाको नमूना परीक्षण गर्दा २८ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा तीन र एन्टिजेनमार्फत बैतडीका १२, कैलालीका नौ र कञ्चनपुरका चार जनामा सङ्क्रमण पुष्टि भएको छ ।  गएको २४ घण्टामा प्रदेशभर चार जना निको भएका छन् ।

उक्त अवधिमा यस प्रदेशमा  सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन । यसअघि आइतबार यस प्रदेशमा पाँच जनामा सङ्क्रमण पुष्टि हुँदा चार निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ को ज्यान गइसकेको छ ।रासस

तपाईको प्रतिक्रिया