Advertisement
SKIP THIS
धनगढी विमानस्थलबाट लागुऔषध सहित एक युवक पक्राउ

धनगढी: धनगढी विमानस्थलबाट लागुऔषध चरेससहित एक युवकलाई पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बैतडीको डिलासैनी गाउँपालिका–२ का २० वर्षीय सन्तोष बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

धनगढीबाट काठमाडौं जाँदै गर्दा चेकजाँचका क्रममा उनलाई १६ ग्राम चरेससहित नियन्त्रणमा लिइएको कैलाली प्रहरीका प्रहरी नायव उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले बताए।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

तपाईको प्रतिक्रिया