Advertisement
SKIP THIS
ढकारी गाउँपालिका अछाममा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाईयो

अछाम :ढकारी गाउँपालिका अछामले सदा झैं यो वर्ष पनि ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ।

ढकारी गाउँपालिका न्यायिक समितिको आयोजनामा ४६ औं मेलमिलाप दिवस मनाइएको हो

न्यायिक समिती संयोजक लक्ष्मी साउदको अध्यक्षतामा भएको कार्यक्रममा ढकारी गाउँपालिकाका सम्पुर्ण जनप्रतिनिधि र कर्मचारी हरुको सहभागीता रहेकोे थियोे ।

उक्त कार्यक्रमको संचालन उजुरी प्रशासक कृष्ण देवकोटाले गरेका थिए ।

कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेताहरु भारतमा लामो निर्वासन अन्त्य गरी २०३३ सालमा स्वदेश फर्किएको दिनको सम्झनामा हरेक पुस १६ गतेलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा काग्रेसले मनाउँदै आएको छ।

तपाईको प्रतिक्रिया