Advertisement
SKIP THIS
पौष १५ सुदूरपश्चिममा विशेष पर्वका रुपमा बनाईदै 

निराकरण सम्वाददाता अछाम :पुष पन्ध्र पुष महिनाको १५ गतेका दिन सुदूरपश्चिमका मानिसहरुले मनाउने एक विशेष चाड हो

सुदूरपश्चिमका अछाम बाजुरा,डोटी,डडेल्धुरा,बझाङ, दार्चुला, बैतडी, कैलाली र कञ्चनपुर सहित सुदूरपश्चिममा मानिस बसोबास गर्ने देश तथा बिदेशमा यो चाड मनाईन्छ पुष पन्ध्र गतेको राती न सुतेर गाउँ खाने कथा र दन्ते कथा सुनेर अथवा सुनाएर रात बिताउने परम्परा छ ।

यो चाड आफ्नो आफ्नो घरमा नै मनाइन्छ । विशेष गरेर पुष पन्ध्रमा चामलको पिठोको  र मास र चामल एकैमा पिधेको पिठोको मोटो रोटी (भुच्चाने रोटी) बनाएर आगोको भुबरामा पकाएर खाने चलन छ ।

त्यसैले सुदूरपश्चिम सहित सुदूरपश्चिममा नागरिक बसोबास गर्ने देश तथा बिदेशका बिभिन्न ठाउँमा मोटो रोटी बनाएमा पुष “पन्ध्रको जस्तो रोटी बनायो” भन्ने चलन छ।

तपाईको प्रतिक्रिया