Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालिकामा रहेका भुमिहिनहरुको तथ्यांक संकलन कार्यको थालनि,पुर्जा दिने उदेश्य

निराकरण सम्वाददाता अछाम :बान्नीगढी जयगढ गाउँपालिकामा पालीका भित्रका भूमिहिन र अब्यवस्थित बसोवासीहरूका लागि लाल पुर्जा बितरणको लागि पहल कार्यको थालनी गरिएको छ।

बुधबार एक कार्यक्रमका बिच गाउँपालीका अध्यक्ष राजेन्द्र बहादुर खड्काले पालिका भित्रका भूमिहिन र अब्यवस्थित बसोवासीहरूका लागि लाल पुर्जा बितरण थालनी गरेका छन् ।

अध्यक्ष खड्काले अब जति सक्दो चाडो पालीका भित्रका भुमिहिनका लागि लाल पुर्जा बितरण गरिने बताए । पालीका भित्रका कयौं नागरिक बर्षौ देखि घर भएको तर अरुको जग्गा बस्दा अनेकौं पिडा भोगेको हुदाँ  हुदाँ त्यो पिडामा मलहम लगाउन सक्नेमा आशा ब्यक्त गरे।

अरुको जग्गामा बसेका तर लालपुर्जा नभएका नागरिकहरुलाई लाल पुर्जा बितरण गर्ने कार्यको प्रारम्भिक थालनि भएको अध्यक्ष खड्काले बताए ।

संघियताकामा नयाँ भएको हुदाँ हालसम्म सिकाईमै कार्यकाल घर्किदै गएकाले हुदाँ आफुले सोचेका देखेका सपना पूरा गर्न नसकेको अध्यक्ष खड्काले  बताए।

बान्नीगढि जयगढ गाउँपालिकाको आर्थिक सहयोग र बिकास र समाजिक परिवर्तनका लागि संञ्चार (एफएमडिसी)को सहजिकरणमा गाउँपालीका भित्र रहेका भूमिहिन र अब्यवस्थित बसोवासीहरूका
लागि तथ्याङ्क संकलन गर्न प्रत्येक वडामा २ जना सहजकर्ता परिचालन गरिएको छ।
बुधबार ६ वडाका १२ जना सहजकर्तालाई एक कार्यक्रमको बिच अभिमुखिकरण समेत गरिएको छ। भुमिहिन र अब्यवस्थित बसोवासीहरूका लागि तथ्याङ्क कर्ता क्षमता विकास अभिमुखिकरण तथा छलफल कार्यक्रमको सहजिकरण नागरिक समाज अछामका संयोजक बल बहादुर केसीले गरेका थिए ।

बान्नीगढी जयगढ गाउँपालीका प्रमुख प्रशासकिय अधिकृत राम चन्द्र जोशि,नागरिक समाजका सदस्य मान बहादुर कुँवर, एफएमडिसीका जिल्ला संयोजक गणेश तिरुवा पत्रकार महासंघ अछामका सदस्य तारामान खड्काको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया