निराकरण सम्वाददाता अछाम :सोलुखोला हाड्रोपावरमा ज्यान गुमाउएका ई. सुवास राज रेग्मी र ई. अर्जुन थापा प्रती हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल अछामद्वारा साफेबगरमा दिप प्रज्वलन गरेको छ।

मंगलबार साझँ अछामको प्रमुख ब्यापारिक केन्द्र साफेबगरमा मृत आत्माको चिर शान्तिको कामना गर्दै सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल अछामले परिवार जनका समेवेदनमा प्रकट गरेको छ।
सिडेन सुदुरपश्चिम प्रदेस समिति सदस्य ई. राजन खड्का
,नेपाल इन्जिनियर्स सुदुर पश्चिम समिति सदस्य पदका उम्मेद्वार ई. सरोज शाह,लगायत अन्य ईन्जिनियर हरुले मृतक दोय ईन्जिनियर प्रति समबेदना प्रकट गरे।
अछाम साफेबगर नगरपालिका २ जाल्पादेबि गोईलापानिका २६ ई सुवास राज रेग्मी रेग्मी र काभ्रेका २९ वर्षीय अर्जुन थापाको सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा पानी परीक्षणका क्रममा दुर्घटना हुदा आईतवार मृत्यु भएको थियो ।









