निराकरण सम्वाददाता डोटी:लक्ष्मी लघुबित्त वित्तीय संस्था गोपघाट डोटीद्वारा प्रथम बार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। आईतवार डोटी जिल्ला शिखर नगरपालिका गोपघाट शाखामा सो कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा लक्ष्मी लघुबित्त वित्तीय संस्थाका केन्द्रीय कार्यलय आन्तरिक लेखा प्रमुख दिपेन्द्र तिम्सिनाले लक्ष्मी लघुबित्त वित्तीय संस्थाको उदेश्य ,सेवा सुविधा , भाबि रणनीतिक योजनाका बारे प्रष्ट पारेका थिए । यस्तै कार्यक्रमका अथिति लेखा परिक्षणका राजु रिमालले गोष्ठीको उदेश्य महत्त्व बारे सहभागीलाई प्रष्ट पारेका थिए ।

शाखा प्रमुख जयन्ती कुमारी जोशिले हालसम्म शाखाले गरेको आर्थिक बिवरण प्रस्तुत गरेकि थिईन। कार्यक्रममा उकृष्ठ केन्द्र प्रथम गोटघाट टेडि महिला केन्द्र १ ,दृत्रिय कोट लक्ष्मि महिला केन्द्र २ त्रितिय डडेलधुरा डिल लक्ष्मि महिला केन्द्र र सान्त्वना गोपघाछ महिला केन्द्र २ लाई पुरस्कार र प्रमाण पत्र सहित सम्मान गरिएको थियो । केन्द्र नं १ का सदस्यलाई केशु बलायरलाई उत्कृष्ट घोषणा गरिएको थियो ।प्रथम बार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम शाखा द्वारा बित्तिय कार्यक्रम सञ्चालन गर्न गठित ४९ वटा केन्द्र प्रमुख उप प्रमुखको उपस्थित रहेको थियोे । सस्थाका कर्मचारी रामसिह बोहराले स्वागत गरेको कार्यक्रमको सञ्चालन सस्थाका कर्मचारी भक्त धामिले गरेका थिए।









