Advertisement
SKIP THIS
अछामका २ विमानस्थल स्तरउन्नति गर्न ६ करोड रुपैया बिनियोजन

निराकरण सम्वाददाता अछाम :अछाममा २ विमानस्थल स्तर उन्नति गर्न ६ करोड रुपैया बिनियोजन भएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय प्रेम बहादुर आलेको अध्यक्षतामा आईतवार बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको बैठकले अछामका २ विमानस्थल स्तोरउन्नती गर्न बजेट बिनियोजन गरेको हो।

हाल सञ्चालनमा रहेको साफेबगर विमानस्थलको स्तरोउन्नती गर्ने ३ करोड रुपैयाँ बिनियोजन गरेको छ। यस्तै पुर्बि अछामको कमलबजारमा सञ्चालनमा नआई गौचरनमा परिणत भएको कमलबजार विमानस्थलको सुदृढीकरण गर्न समेत ३ करोड रुपैयाँ विनियोजन गरेको छ।

यश अगाडिका सरकारले उपक्षा गरेको कमलबजार बिमान
यस्तै महेन्द्रनगर विमानस्थल सुदृढीकरण गर्न२ करोड ४९ लाख ३२ हजार,बैतडी विमानस्थल बहुवर्षिय आयोजनाको भनी १करोड ५० लाख ४४ हजार,दार्चुला विमानस्थलको लागि २ करोड ६५ लाख ४८ हजार ,बझाङ विमानस्थलको लागि  १२लाख ९९ हजार ,बाजुरा विमानस्थलको लागि १८ लाख ७६ हजार , डडेलधुरा विमानस्थल  सम्भाब्यता अध्धयन गर्न ५० लाख बिनियोजन गरेको छ।

यस्तै मन्त्रि आलेको गृह जिल्ला डोटीमा डोटी विमानस्थल स्तरोउन्नती  सहित २ सय २० मिटर धावनमार्ग थप गर्ने, टर्मिनल टावर वनाउने र जमिन अधिग्रहण गर्ने १८करोड ६१लाख ४७ हजार  र धनगढी विमानस्थललाई धनगढी विमानस्थल क्षेत्रिय विमानस्थलको रुपमा  स्तरोउन्नती गर्न करिव २५० विगाहा जमिन अधिग्रहण गर्ने २५०० मिटरको धावनमार्ग पुर्याउन १ अर्ब बजेट बिनियोजन गरेको छ।

तपाईको प्रतिक्रिया