निराकरण सम्वाददाता अछाम :अछाममा २ विमानस्थल स्तर उन्नति गर्न ६ करोड रुपैया बिनियोजन भएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय प्रेम बहादुर आलेको अध्यक्षतामा आईतवार बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको बैठकले अछामका २ विमानस्थल स्तोरउन्नती गर्न बजेट बिनियोजन गरेको हो।
हाल सञ्चालनमा रहेको साफेबगर विमानस्थलको स्तरोउन्नती गर्न ३ करोड रुपैयाँ बिनियोजन गरेको छ। यस्तै पुर्बि अछामको कमलबजारमा सञ्चालनमा नआई गौचरनमा परिणत भएको कमलबजार विमानस्थलको सुदृढीकरण गर्न समेत ३ करोड रुपैयाँ विनियोजन गरेको छ।
यस्तै महेन्द्रनगर विमानस्थल सुदृढीकरण गर्न२ करोड ४९ लाख ३२ हजार,बैतडी विमानस्थल बहुवर्षिय आयोजनाको भनी १करोड ५० लाख ४४ हजार,दार्चुला विमानस्थलको लागि २ करोड ६५ लाख ४८ हजार ,बझाङ विमानस्थलको लागि १२लाख ९९ हजार ,बाजुरा विमानस्थलको लागि १८ लाख ७६ हजार , डडेलधुरा विमानस्थल सम्भाब्यता अध्धयन गर्न ५० लाख बिनियोजन गरेको छ।
यस्तै मन्त्रि आलेको गृह जिल्ला डोटीमा डोटी विमानस्थल स्तरोउन्नती सहित २ सय २० मिटर धावनमार्ग थप गर्ने, टर्मिनल टावर वनाउने र जमिन अधिग्रहण गर्ने १८करोड ६१लाख ४७ हजार र धनगढी विमानस्थललाई धनगढी विमानस्थल क्षेत्रिय विमानस्थलको रुपमा स्तरोउन्नती गर्न करिव २५० विगाहा जमिन अधिग्रहण गर्ने २५०० मिटरको धावनमार्ग पुर्याउन १ अर्ब बजेट बिनियोजन गरेको छ।









