Advertisement
SKIP THIS
पिछडिएका महिलाहरूको लागि सक्दो काम गरिरहेको छु, अध्यक्ष खड्का

एकेन्द्र खत्रि अछाम :अछामको बान्नीगढी जयगढ गाउँपालिकाका जनप्रतिनिधि महिला र सीमान्तकृत समूहका विपन्न महिलाहरूलाई बीउ पुँजी सहयोग रकम वितरण गरिएको छ ।

बान्नीगढी जयगढ गाउँपालिकाका १४ जना महिलाहरूलाई ३ लाख ३० हजार बराबरको बीउ पुँजी सहयोग रकम हस्तान्तरण गरिएको हो ।

जसमा ५ जना महिला जनप्रतिनिधि र ९ जना सीमान्तकृत समूहका महिला रहेका छन् । दलित महिला संघ अछामले आज एक औपचारिक कार्यक्रम गर्दै ६ वटै वडाका सीमान्तकृत समूहका महिला र महिला जनप्रतिनिधिहरूलाई बीउ पुँजी सहयोग रकम हस्तान्तरण गरेको हो ।

व्यवसाय सञ्चालन गरी आत्मनिर्भर बन्ने योजना बनाएका महिलाहरूलाई आफ्नो संस्थाले छनोट गरेर उनीहरूको जीवन स्तर माथि उठाउन पहल गर्ने उद्देश्यले यस्तो सहयोग गरिएको दलित महिला संघ अछामका कार्यक्रम संयोजक लक्ष्मी सोबले जानकारी दिनुभयो ।

बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि केन्द्रीय महासचिव रेणु सिजापति रहेकि थिईन।
कार्यक्रममा सम्बोधन गर्दै महासचिव सिजापतिले अछामका महिला लाई सामाजिक, राजनितीकमा सक्रिय बनाउने र उनीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले यो परियोजना सञ्चालन गरिएको उहाँले बताए ।

समाजका पछाडि परेका महिला लाई राजनीति र सामाजिक रूपमा सशक्त बनाउन फेडोले विभिन्न कार्यक्रम गर्दै आएको बताए । उनले सहयोग प्राप्त गरेका महिला लाई निकट भविष्यमा उनीहरूलाई स्वरोजगार बनाउन पुँजी बितरण गरिएको बताए  ।

पाएको रकमलाई सदुपयोग गर्नका लागि उहाँले महिला हरूलाई आग्रह गर्नुभयो । सरकारले ल्याएको कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न पनि संस्थाले थप सहयोग गरेको बताए ।

समाजमा विभिन्न कारणले पछाडि परेका महिला लाई वडा सरकार र गाउँपालिकाले पनि थप सहयोग गर्नुपर्ने बताउनुभयो । अबको विकास निर्माणका कार्यक्रममा पनि पछाडि परेका महिला लाई सँगै लैजान गाउँपालिकाका जनप्रतिनिधि लाई आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रमका अध्यक्ष समेत रहनुभएका गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले समाजमा पछाडि पारेका र पारिएका महिलाहरूलाई माथि उठाउन स्थानीय सरकार र विभिन्न गैरसरकारी संस्थाको भूमिका रहेको बताए ।

दलित महिला संघ अछामले जनप्रतिनिधि महिलाहरूको क्षमता विकासका लागि सञ्चालन गरेका कार्यक्रम प्रभावकारी भएको बताए  । समाजका लागि काम गर्दा आयआर्जनका स्रोत चाहिने भएकाले दलित महिला सङ्घले गरेको यो सहयोगले जनप्रतिनिधि महिला र सीमान्तकृत समुदायका महिला लाई ऊर्जावान् बनाएको बताए  ।

संस्थाले गरेको सहयोगमा गाउँपालिकाले पनि सहयोग गर्ने बताउँदै अध्यक्ष खड्काले यसमा महिला जनप्रतिनिधिले थप सक्रियताका साथ काम गर्न आग्रह गर्नुभयो ।

अहिले वडा सदस्य रहेका महिलालाई राजनीतिमा अब्बल बन्न आग्रह गर्दै अबको चुनावमा अध्यक्षमा उठ्न र समाज सेवामा लाग्न आग्रह गर्नुभयो ।

दलित महिला संघ अछामले आयोजना गरेको सीमान्तकृत समुदायका महिलालाई बिउ पुँजी हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र जोशी, वडा सदस्य, संस्थाका कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

दलित महिला संघ अछामका सामाजिक परिचालक रम्भा विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन दलित महिला संघ अछामका कार्यक्रम संयोजक लक्ष्मी सोबले गरेकी थिईन।

तपाईको प्रतिक्रिया