डाेटि :बालबालिका र सराेकारवाला बिच अन्तरक्रिया कार्यक्रम लडागडा मा सम्पन्न भएको छ। वालविवाह अन्त्यका लागि विभिन्न क्रियाकलापबाट सचेतना अभियान फैलाइ-आउदै रहेकाे गुड नेवर्स इन्टरनेशनल नेपालकाे आर्थिक तथा प्राविधिक सहयाेग र सामुदायिक विकाश केन्द्र डाेटिकाे आयाेजनामा उक्त कार्यक्रम सुनादेवि माध्यमिक विद्यालय काे प्राङ्गणमा सम्पन्न भएको हाे।

उक्त कार्यक्रममा बालविवाह अन्त्यका लागि अभियान सञ्चालन गर्दागर्दै पनि कसैले बालविवाह गरिहाले भने त्यस्तो अवस्थामा कानुनी परामर्श के हुन सक्छ र व्यावस्थापन कस्ताे गर्न सकिन्छ भन्ने विषयमा सराेकार वाला प्रमुख जिल्ला अधिकारी शंकर बिष्ट, जिल्ला प्रहरी कार्यालय डाेटिका प्रहरी उपरीक्षक दानबहादुर मल्ल र वडा अध्यक्ष रामबहादुर खड्का संग बालवालिका काे सवाल जवाफ सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा गुड नेवर्स इन्टरनेशनल नेपालडाेटिका जिल्ला संयाेजक रन्जित चाैधरि,सामुदायिक विकाश केन्द्र डाेटि शिक्षा परियाेजनाका शिक्षा विकाश अधिकृत एकराज वडु,सुनादेवि माध्यमिक विद्यालयका प्रधानाध्यापक नवराज पाठक,विध्यालयका शिक्षक, इलाका प्रहरी कार्यालय लडागडाका प्रमुख खेमराज पन्त ,बाल क्लबका पदाधिकारी लगायत २ सय भन्दा वढी बालवालिकाकाे सहभागिता रहेकाे कार्यक्रमकाे सहजिकरण सामुदायिक रेडियो शैलेश्वरी एफ.एम १०५.९ मेगाहर्ज डाेटिका स्टेशन म्यानेजर बिक्रम बहादुर खड्काले गरेका थिए ।










