Advertisement
SKIP THIS
अछामको रामारोशन गाउँपालीकाका ४ वडा बिभाजन गर्न सिफारिस

निराकरण सम्वाददाता अछाम:सुदूरपश्चिम प्रदेश सरकारले अछामको रामारोशन गाउँपालिको वडा विभाजन गर्न सिफारिस गरेको छ । प्रदेश मन्त्रिपरिषदको आज बसेको बैठकले प्रदेशकाअछामको रामारोशन गाउँपालिको वडा विभाजन गर्न सिफारिस गरेको हो ।

प्रदेश सरकारकी प्रवक्ता समेत रहकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले अछामको रामारोशन गाउँपालिकामा वडा विभाजन गरेर १२ वटा वडा पुर्याउने निर्णय भएको बताइन् । हाल रामारोशनमा सातवटा वडा छन् ।

रामारोशनका वडा नं ४ बाटुलासैन, वडा नं ५ रामारोशन वडा नं ६ भटाकाटीया र वडा नं ७ सुतारलाई बिभाजन गर्ने गाउँ सभाबाट निर्णय पारित भएर आएको थियो ।

सबै प्रक्रिया पुगेकाले हामीले संघिय सरकारलाई सिफारिस गर्ने निर्णय गरिएको प्रदेश सरकारकी प्रवक्ता समेत रहकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले बताइन ।

तपाईको प्रतिक्रिया