निराकरण सम्वाददाता अछाम :अछाममा जंगली जनावर बदेलको आक्रमणबाट एक जना घाइते भएका छन् ।
सोमबार दिउँसो जिल्लाको रामारोशन गाउँपलिका वडा न.१ मलातिकोट ताली ठुलागैरा सामुदायिक बनमा दाउरा काट्ने बेला स्थानीय बुवा टेक बहादुर साउदलाई बदेल आक्रमण गरि घाइते बनाएको हो।
उनको खुट्टामा बदेलले हान्दा ठुलो घाउ लागेको छ। उनलेे जिल्ला अस्पताल मंगलसेनमा उपचार भईरहेको पारिवारिक स्रोतले जनाएको छ।









