Advertisement
SKIP THIS
डडेल्धुराका जिल्ला समन्वय समिति प्रमुख गणेश भट्टको निधन

धनगढीः जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेश भट्टको निधन भएको छ। एक्कासी बेहोस भएपछि उनलाई मंसिर २८ गतेदेखि उपचारका लागि काठमाडौंको अन्नपूर्ण अस्पतालमा भर्ना गरिएको थियो।

सुगर लेभल र ब्लड प्रेसर बढेपछि चिकित्सकले उनलाई ब्रेन हेमरेज भएको बताएका थिए। उपचारकै क्रममा रहेका उनको सोमबार निधन भएको आफन्तले बताएका छन्।

५० वर्षीय भट्ट नेपाली कांग्रेसबाट जिसस प्रमुखमा निर्वाचित भएका थिए।

तपाईको प्रतिक्रिया