राज पार्की डोटि:डोटीमा पढाइ शिविर ब्यवस्थापन सम्बन्धि सहजकर्ताहरुलाइ ५ दिने क्षमता अभिवृद्धि तालिम सोमकारबाट सुरु भएको छ ।
बालबालिकाको साक्षरता अभिबृधी गर्ने उदेश्यले सामुदायिक सहभागीता समुदायमा रहेका पढाइ शिबिर सहजकर्तालाई तालीम दिएको हो ।

सामुदायिक बिकास केन्द्र(सि.डि.सि)डोटी र वल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त साझेदारीमा संचालित समाबेशी तथा गुणस्तरीय शिक्षा परियोजनाले संचालन गरेको तालिममा डोटीका ४ वटा स्थानिय तह दिपायल सिलगढी नगरपालिका, पुर्बिचौकी गाउपालिका, सायल गाउपालिका र आदर्श गाउपालिकाका गरि जम्मा ९२ जना सहजकर्ताको उपस्तिथि रहेको थियोे ।
पढाइ सीप सम्बन्धि बृहत ज्ञान तथा सीप प्रदान गर्ने कार्यक्रमको उदेश्य रहेको कार्यक्रम संयोजक टंक जोशिले बताए ।
कार्यक्रममा ४ वटा चरणमा सबै ९२ जनालाइ प्रशिक्षण गरि समुदायमा रहेका बालबालिकालाई प्रत्येक शनिबार प्रशिक्षण गरि बालबालिकाको प्ररम्भिक शिक्षालाई गर्ने अपेक्षा गरिएको छ ।









