अछाम :साँफेबगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मि प्रसाद शर्माले जन्म दिनको अवसरमा वैद्यनाथ वेद विद्याश्रममा स्थापति वैदिक छात्रवृत्ति अक्षय कोषमा सहयोग गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत शर्माले जन्मदिनको अवसरमा ३३ हजार ३ सय ३३ रुपैया वैद्यनाथ वेद विद्याश्रमका अध्यक्ष डण्डिराज जोशी, प्रार्चाय देवराज उपाध्यायलाई हस्तान्तरण गरे।

आर्थिक हस्तान्तरण कार्यक्रममा वोल्दै प्रमुख प्रशाकीय अधिकृत शर्माले अरुलाई बदल्नु छ भने राम्रा, असल र सकारात्मक पक्षको अनुसरण आफैबाट सुरुवात गर्नु पर्नेमा जोड दिए। उनले जन्म दिनको अवसरमा सामाजिक अभियानको सुरुवात गरेपछि अहिले अन्यले पनि जन्मदिनको अवसरमा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको बताए । जन्मदिन उत्सव हो मनाउनु पर्दछ, तर जन्मदिन मनाउने नाममा फजुल खर्च गर्नु गलत संस्कार रहेको उनको भनाई रहेको छ । उनले आफूले आगामि दिनमा पनि फजुल रुपमा हुने खर्चलाई यसरी सामाजिक क्षेत्रमा छुट्याउने प्रतिवद्धता समेत व्यक्त गरे ।
वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भरत कुँवरले जन्मदिनलाई परोपकारी कार्य र सामाजिक कार्यमा जोड्नु पर्ने धारणा व्यक्त गरे । आधुनिकता संग–संगै जन्म दिन पछिल्लो समय भड्किलो र प्रतिस्पर्धात्मक बन्दै गएको भन्दै उहाँले जन्म दिनलाई सवैले समाजिक कार्यमा जोड्नु पर्ने बताए ।
वैद्यनाथ वेद विद्याश्रमका अध्यक्ष डण्डिराज जोशीले सहयोग सानो ठूलो जे भएपनि अभियानको सुरुवात नै ठूलो रहेको बताए । जन्मदिन उत्सव हो मनाउनु पर्दछ, तर जन्मदिन मनाउने नाममा हुने फजुल खर्चलाई समाजिक क्षेत्रमा लगाउनुपर्ने बताए ।
प्रमुख प्रशासकीय अधिकृत शर्माले अघिल्लो वर्ष पनि वैद्यनाथ वेद विद्याश्रममा अध्ययन गर्ने वटुकलाई १० सेट कम्वल वितरण गरेका थिए ।









