Advertisement
SKIP THIS
सिमजीउ कैनचाैरपाते खानेपानी निर्माण हुदाँ ३० दलित घरधुरी लाभान्वित

निराकरण सम्वाददाता डाेटि:सिमजिउ कैनचाैरपाते खानेपानी निर्माण हुदा शिखर नगरपालिका वडा नम्बर ६ धारापानी टाेलका  ३० दलित घरधुरि लाभान्वित भएका छन ।

उपेक्षित समुदाय सशक्तिकरण विकास मंन्च(USSMB)डाेटि अन्तरगत संचालित मुक्त हलिया तथा आन्तरिक विस्थापित समुदायको आर्थिक तथा सामाजिक अधिकार प्रवर्द्धनका लागि सामुहिक प्रयास परियाेजनाबाट रु १ लाख २२ हजार रुपयाँ काे लागतमासाे आयाेजना सम्पन्न भएकाे उक्त परियोजनाका कार्यक्रम संयाेजक भक्तराज उपाध्यायले बताए ।

उक्त खानेपानीकाे आयाेजना सुचारु भयपछि आधा घण्टा हिडेर खानेपानि ल्याउनुपर्ने बालवालिका, वृद्ध व्याक्ति र परिवार लाइ काम काे भार घटेकाे हुदा हामि खुसि भयका स्थानीयले वताएका छन ।

याे समुहलाई सहयाेग गरेजस्तै अरु ठाउँमा पनि विभिन्न समुदायमा गठित समुहका मागअनुसार कुनै समुहलाइ तरकारि खेतिमा सहयोग, बाख्रा पालनमा सहयाेग गरि उहाँहरुकाे जिपिकाेपार्जनमा टेवा पुर्याइ रहेकाे उक्त परियोजनाका  जिपिकाे पार्जन सहजकर्ता गणेश काेलिले बताए।
संस्थाकाे अनुगमनका क्रममा विभिन्न समुदायका समुहले गरेकाे कार्य सहरनिय रहेकाे हुँदा आउँदा दिनमा विभिन्न कार्यक्रम अन्तर्गत संस्थाले पूर्ण सहयोग गरेर समुदायकाे जिपिकाेपार्जनमा सहयाेग गर्ने संस्थाका सचिव डम्वर डाैडिले बताए ।

कार्यक्रम सायल गाउँपालिका,पुर्विचाैकि गाउँपालिका,दिपायल सिलगढी नगरपालिका ,जाेरायल गाउँपालिका र शिखर नगरपालिकामा लागुभएको छ।

तपाईको प्रतिक्रिया