Advertisement
SKIP THIS
बिउपुजी सहयोग रकम बितरण कार्यक्रम सम्पन्न

राज पार्की डोटि:डोटिमा कसिमान्तकृत महिलाहरुको आवाज तथा सहभागीता पुर्बिचौकी गाउपालिकाका जनप्रतिनिधि महिलाहरु र एकल महिला समुहका महिलाहरूलाई बिउपुजी सहयोग रकम बितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

मानव अधिकारका लागि एकल महिला समुह सिलगढीडाेटिकाे आयोजना र ओमन काइन्ड वर्ल्ड वाइडको सहयोगमा पुर्बिचौकी गाउपालिका वडा नम्बर ४ को हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा ८ जना पुर्विचाैकि गाउँ पालिका महिला जनप्रतिनिधिलाइ ३० हजारका दरले र १२ जना एकल महिललाई २० हजारका दरले प्रती ब्यक्ती गरि २० जनालाइ जम्मा ४ लाख ८० हजार बितरण गरिएको हाे। साथै एक जना किशोरीलाई एउटा झोला र शैक्षिक सामाग्री समेत सहयोग  गरिएको छ। आफुले पाएको रकमबाट आफू केही न केही राम्रो गरेर देखाउने कार्यक्रमका सहभागीहरुले बताए ।

कार्यक्रममा मानव आधिकारको लागि महिला एकल महिला समुहकी अध्यक्ष सरिता श्रेष्ठको अध्यक्षता, पुर्बिचौकी गाउपालिकाकी उपाध्यक्ष निर्मला देबि साउदको  प्रमुख आथित्यता, मानव अधिकारका लागि  एकल महिला समुहकि  प्रदेश अध्यक्ष सोमन शर्माको बिशिस्ट आथित्यता कार्यक्रम सम्पन्न भयकाे हाे।

कार्यक्रममा बोल्दै पुर्बिचौकी गाउपालिकाकि उपाध्यक्ष निर्मला देबि साउदले काम गर्दा कहिले पनि लाज नमानेर काम गर्नु पर्ने र  पार्टी एउटा संस्था मात्र भएकाले सबै महिलाले महिलाकाे हकअधिकार काे लागि जुन सुकै पार्टीमा  भएपनी १ठाउमा आबद्ध भएर लड्नु पर्ने बताए ।

यस्तै कार्यक्रममा बोल्दै मानव आधिकारको लागि एकल महिला समुहकी अध्यक्ष सरिता श्रेष्ठले महिलाहरुले आफ्नो खुट्टामा आफै उभिनु पर्ने र संस्थाले गरेको सहयोग सदुपयोग गरिदीन अनुरोध गरेकी थिइन भने , कार्यक्रम विभिन्न संघ संस्थाका कर्मचारी, जनप्रतिनिधि,सर्बसाधरण, पत्रकारलगायतको उपस्थिती रहेको थियो।

तपाईको प्रतिक्रिया