निराकरण सम्वाददाता अछाम:अछाम जिल्ला एयरलाइन्स कम्पनीहरुको मनपरि बढ्दै गएको छ , नेपाल बायुसेवा निगम र समिट एयरलाइन्सले सेवाको नाममा सास्ती दिईरहेका छन । पहुच र पावरका आधारमा टिकट दिने एयरलाइन्सहरुले कुनै कार्यलय स्थापना गरेका छैनन, उनिहरुले खल्तीबाट टिकट बेचिरहेका छन ।

जिल्लामा उडान भर्ने एयरलाईन्सहरुको मनपरीका कारण यात्रुहरुले सास्ती भोग्नु परेको छ । जनताकै सेवाको लागि नै भनेर अछाम जिल्लाको साफँेबगर एयरपोर्टबाट सरकारी क्षेत्रको नेपाल बायु सेवा निगम र निजी क्षेत्रको समिट एयरलाईन्सले उडान भरिरहेका छन ।उनिहरुले भर्ने उडान नत तालीका नै छ ,नत टिकट काउन्टर , टीकट काट्न कम्पनीहरुले तोकेका ब्याक्तीहरुलाई खोज्दै जानुपर्ने अवस्था रहेको छ । टीकट समेत पहुचका आधारमा मात्रै पाईने गरेको छ । आफुले २६ गते टीकटको लागि समीट एयरलाइन्सका अछाम प्रतिनीधीलाई फोन गरेको उनले ३१ गते आउन भनेको तर पहुच वाला ब्याक्तीलाई भन्दा २६ गते नै टीकट पाएको मुकन्द रावलले बताए ।
यता नेपाल एयरलाईन्सले भने जहाज नआएपनी दुई बर्ष देखि मासिक ५ हजारको दरले साफेबगरमा रहेको कार्यालयको भाडा तिरिरहेको छ । कोरोना महामारीको सुरुवाती चरणले लकडाउन हुदाँ बन्द भएको नेपाल एयरलाईन्सको हवाई सेवा गत कात्र्तिक पहिलो साता आएको बेमौसमी बषाले सुदूरपश्चीका मुख्य राजमार्गका क्षती पुर्याएपछी नागरिक उड्यन मन्त्री प्रेम बहादुर आलेको निर्देशन पछि साफेबगर आएको नेपाल बायु सेवा निगमले समेत स्थानिय चक्र कुँवरलाई टीकट काट्ने जिम्मेवारी दिएको छ । उनीले २ बर्ष देखि भाडा तिर्दै गरेको कार्यलयमा नबसेर खल्तीबाटै टिकट काट्ने गरेका साफेँबगरका सरोज शाहले बताए ।
अछाममा सञ्चालनमा रहेका नेपाल एयरलाइन्स र समिट एयरलाइन्सले चिन जान र राजतितीक पहुचका आधारमा मात्रै टीकट दिने गरेका छन । त्यतीमात्र होईन जहाज चढ्नको निम्ती घण्टौ सम्म कुराउने गरेको छ ।नेपाल एयरलाइन्स हाल नियमीत उडान नभई राहत प्याकेजको नाममा उडान भईरहेको टिकट समेत दिने कर्मचारी जहाजमै आउने गरेका नेपाल एयरलाइन्स साफँेबगरका प्रतिनीधी चक्र कुँवरले बताए । हाल शुक्रबार र आईतबार जहाजले उडान भर्ने गरेको र उडान तालीका समेत प्राप्त नभएकाले समस्या भएको नेपाल एयरलाइन्स प्रतिनीधी चक्र कुँवरले बताए ।
जटील अवस्था रेफेर गरेका बिरामीहरुलाई समेत टिकट दिने गरेको छैन ।आम सर्वसाधारणले एक हप्ता अगाडी देखि टिकट माग्दा नदिने एयरलाईन्स कम्पनीका एजेन्टहरुले पहुच र आफ्ना हरुलाई तुरुन्त टीकट दिने गरेका पिडीतहरु बताउछन ।









