Advertisement
SKIP THIS
भूपेन्द्र बडुवालका हत्यारालाई कारबाहीको माग गर्दै  जिल्ला अदालत अगाडी प्रदर्शन

धनगढीः कैलालीका भूपेन्द्र बडुवालका हत्यारालाई कारबाही गर्न माग गर्दै कैलाली जिल्ला अदालत अगाडी प्रदर्शन गरिएको छ। सोमवार बडुवालका आफन्तहरुले  कैलाली जिल्ला अदालत अगाडी (गेट) मा प्रदर्शन गरेका हुन्।

उनीहरुले ‘हत्याराहरूलाई कारबाही गर, मान्छे मार्न पाइदैन, न्यायालय बिक्नु हुदैन’ भन्ने नारासहित प्रदर्शन गरेका थिए। उनीहरुले फरार अभियुक्तहरुलाई इन्काउन्टर गर्न समेत माग गरेका छन्। भूपेन्द्रले न्याय पाउनुपर्ने उनीहरुको माग छ। 

कात्तिक २३ गते मंगलवार राति लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्या भएको थियो। हालसम्म बडुवालको हत्या प्रकरणमा पक्राउ परेका ९ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। अन्य ३ जना भने धरौटीमा छुटेका छन्। यस्तै हत्या अभियोगी ९ जना भने अझै फरार छन्।

तपाईको प्रतिक्रिया