Advertisement
SKIP THIS
पत्रकारले समय अनुसार परिवर्तन हुन जरुरी छ, अध्यक्ष खत्री

निराकरण सम्वाददाता अछाम :पत्रकार महासंघ अछामका अध्यक्ष खम्म सिह खत्रीले संघियता पछाडि देशमा पत्रकारीता कमजोर भएको महसुस गरिएको बताए ।

शनिबार जिल्ला सदरमुकाम मंगलसेनमा पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाइ कार्यक्रमा बोल्दै उनलेे पछिल्लो समयमा पत्रकारको बृद्धि बिकाशमा काउन्सिलले कम चासो देखाएको बताए ।

पत्रकार महासंघले जिल्ला स्थित पत्रकार क्षमता अभिबृदि गर्न प्रयास गरिरहेको बताउदै यसको लागि काउन्सिलले समेत सहयोग गर्नुपर्नेमा जोड दिए।

पत्रकार समय अनुसार परिवर्तन हुन जरुरी जरुरी रहेको बताउदै अध्यक्ष खत्रीले मोफसलमा बसेर दुख कष्ट गरिरहेका पत्रकारलाई र राष्ट्रिय मिडियामा रहेका पत्रकारलाई एकै नजरले नहेर्न आग्रह गरे।

समृद्ध समाजको लागि पत्रकारले महत्त्वपूर्ण भुमिका निर्वाह गरिरहेको, सानो कारण मिडिया बन्द हुने अवस्थामा आउन सक्ने हुदाँ समाचार लेख्दा पत्रकारले आचारसंहिता पालना गर्न  जरुरी  रहेको बताए ।

तपाईको प्रतिक्रिया