Advertisement
SKIP THIS
अछामका प्रमुख जिल्ला अधिकारी मल्लको सरुवा

अछम:अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लको सरुवा भएको छ।

गृहमन्त्री बालकृष्ण खाणले बुधवार उप–सचिव विश्वराज मरासेनीलाई अछामको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेका हुन् ।

अछाम कार्यरत रुद्र बहादुर मल्ललाई सरुवा गरेर मरासेनीलाई पठाउने निर्णय गरिएको गृहमन्त्रीका नीजि सचिव नरेन्द्र केसीले बताए ।

मरासेनी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत थिए । 

तपाईको प्रतिक्रिया