निराकरण खबर अछाम :नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता डां रण बहादुर रावलले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन् ।

नेता रावलले आसन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी प्रस्तुत गरेको बताए ।

युवाको आवाज बुलन्द गर्न,पार्टीलाई नयाँ युग अनुसार चलाउन,
पार्टीलाई एकतावद्ध गरी गुटको अन्त्य गर्न,संगठनलाई जीवन्त, गतिशील र सुदृढ गरी गाउँ गाउँ पुयाउन,काँग्रेसलाई जनताको प्रिय र पहिलो पार्टी बनाउन आफ्नो उम्मेदवारी रहेको रावलले बताए ।
यस्तै पार्टी भित्र परिक्रमीलाई होईन परिश्रमीलाई स्थान दिन,पार्टीलाई समावेशी बनाई सबै जात, वर्ग र सम्प्रदायको बनाउन,पार्टीभित्र आन्तरिक लोकतन्त्र स्थापित गर्न रपार्टीलाई संस्कार, विचार, आदर्श र अनुभवका साथ रुपान्तरित गर्न आफ्नो उम्मेदवारी रहेको उनलेे बताए ।









