रमेश रावत धनगढी :सुदुर पश्चिम प्रदेश अधिबेशनमा संस्थापन देउवा पक्षले भारी मतान्तरले अग्रता लिएको छ ।

कुल खसेको १ हजार ३ मत मध्य ६०६ मत गणना गर्दा देउवा पक्षका सह-महामन्त्रीमा अछामकी नेत्री अम्बिका चलाउनेले सर्वाधिक सहित अग्रता काम गरेकी छन ।
उनले ४१७ लिदा प्रतिद्वन्दी खिना भण्डारी कुवरले १३८ मत लिएकी छन। जुन चलाउनेको भन्दा २७९ मत कम हो ।
सुदुर अछामको कर्णाली किनारको पन्चदेवल विनायक नगरपालिकाको कालिकास्थान आफ्नो राजनीतिक यात्रा सुरु गरेकी चलाउने १८ वर्षकै उमरमा स्वबियु सभापती बनेकी थिइन् ।
जिवनमा संघर्षको यात्राबाट सफलताको शिखरमा पुग्नेहरु धेरै कम हुन्छ अझ महिला हरु झनै कम छन । ती धेरै कम मध्येकी एक नेता हुन अम्बिका चलाउने ।
अछाम बाट पार्टीको तीन पटक महाधिवेशन तथा महासमिति सदस्यमा सर्वाधिक लोक प्रिय मत ल्याएर विजय भएकी चलाउने पन्चदेवल विनायक नगरपालिका कि उपप्रमुख पनि हुन ।
नेविसंघको केन्द्रीय सह- महामन्त्री भइ काम गरि सकेकी चलाउने तत्कालीन बेलामा नेविसंघको केन्द्रीय अध्यक्ष बन्ने नाममा निकै चर्चाको नाम पनि हो।
चलाउनेले सिङ्गो सुदुर पश्चिमको महिला आन्दोलन र पाटी संगठन लाइ गौरवमय बनाउने नेता कार्यकर्ताले विश्वास गरेका छन् । उहाँको उनको उम्मेदवारीले कमजोर धरातलमा रहेको महिला नेतृत्वलाई एउटा उर्जाको साहस मिलेको छ ।
थुुप्रै संघर्षका कथा संग जोडिएकी उनलाई नेपाली कांग्रेसको प्रथम सुदुर पश्चिम प्रदेशको अधिवेशनबाट कांग्रेस पार्टीको सह महामन्त्रीको बन्ने सम्भावना निश्चित जस्तै छ।










