रमेश रावत धनगढी सुदुर पश्चिम प्रदेश अधिबेशनमा संस्थापन देउवा पक्षले भारी मतान्तरले अग्रता लिएको छ । कुल खसेको १ हजार ३ मत मध्य ६०६ मत गणना गर्दा देउवा पक्षका उम्मेदवार वीर बहादुर बलायरले ४ सय १४ मत पाउनु भएको छ भने पौडेल पक्षका उम्मेदवार नारायण दत्त मिश्रले १ सय ७३ मत पाउनु भएको छ । जुन बलायरको भन्दा २ सय ४१ मतले कम हो ।
यसैगरी देउवा पक्षका उपसभापतिका उम्मेदवार जनकराज चौधरीले ३७४ अर्का उम्मेदवार लोकराज अवस्थीले ३२७ मत पाउनु भएको छ । पौडेल पक्षका उम्मेदवार गोपाल सिंह गुरुङले १६९ मत ,मनबहादुर रावलले १५८ मत पाउनु भएको छ । देउवा पक्षबाट उम्मेदवार बनेर फिर्ता लिएका हिम बहादुर रावलले ७२ मत पाएका छन यधपी उनी उम्मेदवार होईनन ।
महामन्त्रीमा देउवा पक्षका नरनारायण शाह मनुले ३८१ मत , मेघराज खड्काले ३९३ मत लिनु भएको छ । संस्थापन ईतरका उम्मेदवार प्रताप गुर्धामीले१२९ र रामबहादुर शाहीले १९८ मत लिनुभएको छ जुन बिपक्षी भन्दा अधाबढी कम हो ।
सह-महामन्त्रीमा अछामकी नेत्री अम्बिका चलाउनेले सर्वाधिक सहित अग्रता काम गरेकी छन । उनले ४१७ लिदा प्रतिद्वन्दी खिना भण्डारी कुवरले १३८ मत लिएकी छन। जुन चलाउनेको भन्दा २७९ मत कम हो ।
सहमहामन्त्री खुला तर्फ देउवाका उम्मेदवार गोपाल दत्त भट्टले ३३७,चिन्तामणि भट्टले ३२६ मत लिनु भएको छ । यस्तै नरेन्द्र प्रसाद भट्टको १३७,पदम राज पन्तको १४६, लक्ष्मण बहादुर शाहीको ९८ र हर्कबहादुर स्वाँरको ५१ मत छ । सुदुरपस्चिममा देउवा पक्ष प्यानल सहित जित्ने सम्भावना धेरै छ ।









