Advertisement
SKIP THIS
दुई पार्टी विवेकशील साझा पार्टीमा गाभिए

काठमाडौं: दुई पार्टी विवेकशील साझा पार्टीमा गाभिएका छन् । शनिबार जावलाखेलमा एक कार्यक्रमको आयोजना गरी सिटिजन्स डिसकशन फोरम र राष्ट्रि जनता दरबार पार्टी विवेकशील साझा पार्टीमा गाभिएका हुन् । दुई पार्टी गाभिएसँगै विवेकशील साझा पार्टीमा केन्द्रीय सदस्यको संख्या थप भएको छ ।

सिटिजन्स डिसकसन फोरमबाट ३१ जना र राष्ट्रिय जनता दरबार पार्टीबाट १४ जना गरी कुल ४५ जना विवेकशील साझा पार्टीको केन्द्रीय कमिटीमा रहने पार्टी एकता घोषणापत्रमा उल्लेख छ । यस्तै, केन्द्रीय कार्य सम्पादन समितिमा दुवै पार्टीका ११ जना सदस्य थप गरिएको छ ।

एकता घोषणा पत्रमा विवेकशील साझा पार्टीका तर्फबाट अध्यक्ष रवीन्द्र मिश्र, सिटिजन्स डिसकशन फोरमबाट संयोजनक कर्णबहादुर शाही र राष्ट्रिय जनता दरबार पार्टीबाट एसपी साह सारथीले हस्ताक्षर गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया