Advertisement
SKIP THIS
अछाममा डि .बि सुनारद्धारा नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा उम्मेदवारी

निराकरण सम्वाददाता अछाम:नेपाली कांग्रेस अछाम क्षेत्र नं १ बाट महाधिबेशन प्रतिनिधीमा निवार्चित डम्बर बहादुर सुनार डि .बि द्धारा नेपाली कांग्रेसको आसन्न १४ औं महाधिबेशनमा केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन ।

सुनारले शनीबार धनगढी कैलालीमा पत्रकार सम्मेलन मार्फत दलित आरक्षण कोटाबाट केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन ।

अछाम बान्नीगढी जयगढ गाउँपालीका २ जनालीकोटका स्थाई बासिन्दा सुनार बौद्धिक नेताको रुपमा चिनीन्छन् । युवा पुस्ताले नेतृवमा आउनुपर्ने भन्दै उनले आफ्नो उम्मेदवारी केन्द्रिय सदस्यमा घोषणा गरेका छन ।

तपाईको प्रतिक्रिया