Advertisement
SKIP THIS
अस्पताल प्रशासनको लापरवाही, १५ दिनमा सञ्चालन गर्ने भनेको अक्सिजन प्लान्ट ५ महिनामा समेत सञ्चालन भएन

तारामान खड्का अछाम:दोस्रो लहरको कोरोना महामारीमा अछाम जिल्लामा समेत बिरामीहरुले अक्सीज अभाव भोग्नु पर्यो, कोरोना महामारीकै बिच सुदूर पश्चीम प्रदेश सरकार र केन्द्र सरकारले अछाम जिल्लामा अक्सीजन प्लान्ट स्थापना गर्न भनी रकम पठायो , रकम पठाएको ५ महिना हुदाँ समेत अछाम जिल्लामा अक्सीजन प्लान्ट स्थापना हुन सकेको छैन ।

दोस्रो लहरको कोरोना महामारीमा अछाम जिल्लामा समेत बिरामीहरुले अक्सीज अभाव भोग्नु पर्यो, अक्सीजन अभाव भएपछि कोरोना महामारीकै बिच जिल्ला अस्पताल मंगलसेन अछाममा अक्सीजन प्लान्ट स्थापना गर्न सुदूर पश्चीम प्रदेश सरकारले ८० लाख र केन्द्र सरकारले ७५ लाखको रकम सुनिश्चीतताको पत्र जिल्ला अस्पताललाई पठाएको थियो । जिल्ला अस्पताललले गत जेष्ठ २७ गते अक्सीजन प्लान्ट स्थापनाको लागि टेन्डर आह्वान गरेको थियो ।
जिल्ला अस्पतालले १५ दिन भित्र काम सक्ने गरी गत असार १७ गते डाईग्नोकेभ इन्टरनेशनल हाँडिगाउँ काठमाण्डौ ८९ लाख ६२ हजार ५ सय ठेक्का पाएको थियो । १५ दिन भित्र सक्ने गरी पाएको ठेक्का ३ महिना हुदाँ समेत सञ्चालमा आउन सकेको छैन ।

जिल्ला अस्पताल मंगलसेन अछाममा अक्सीजन प्लान्ट स्थापना गर्न किन ढिलाई भईरहेको छ, अब कहिले सञ्चालन हुन्छ ।भनेर हामीले २ महिना अगाडी अस्पताल ब्यवस्थापना समितीका अध्यक्ष प्रभुनाथ खनाललाई सोधेका थीयौ । उनले दशै अगावै सञ्चालमा आउने बताएका थिए । तर दशै तिहार छट लगायतका सबै चाडपर्ब सकिदा समेत अक्सीजन प्लान्ट स्थापना हुन सकेको छैन ।अस्पताल प्रशासनले थपको असोज मसान्त सम्मको म्याद समेत समाप्त भईसकेको छ । तर हालसम्म अक्सीजन प्लान्ट स्थापना हुन सकेको छैन ।


कोरोनाको ओमिक्रोन भेरियन्टका कारणले नेपाल ९ देशका नागरिकलाई नेपाल प्रबेश रोक लगाईसकेको छ । दोस्रो भरिन्टका बेला अक्सिजन नपायर जिल्ला अस्पतालमा बिरामी तड्पिएका थिए । तर ओमिक्रोन भेरियन्टको जोखिक बढ्दा समेत १५ दिनमा सक्ने भनेर सम्झौता भएको अक्सिजन प्लान्ट ५ महिना बढी सम्म समेत सञ्चालनमा आउन सकेको छैन । अबको २ हप्ता भित्र अक्सिजन प्लान्ट सञ्चालामा आउने अस्पताल ब्यवस्थापन समितीका अध्यक्ष प्रभुनाथ खनाले बताए । अक्सिजन प्लाटको एउटा उपकरण भाचीएकाले ढिलो भएको उनले बताए ।

प्रतिदिन १० सिलीन्डर ४७ लिटर उत्पादन गर्न सक्ने क्षमता अक्सीजन प्लान्टमा रहेको छ ।२० बेडमा पाईप लाईन जडान यता ठेक्का पाएको डाईग्नोकेम इन्टरनेशनल हाँडिगाउँ काठमाण्डौले भने अस्पताल ब्यवस्थापन पक्षका कारण ढिलो भएको बताएको छ । अक्सीजन प्लान्ट राख्नलाई आवश्यक भौतिक संरचना समयमै नबन्दा ढिलो भएको बताएको छ । हाल अक्सीजन सिलीन्डर भर्नको निम्ती धनगढी नेपालगञ्ज जानुपर्ने बाध्यताको रहेको छ ।

तपाईको प्रतिक्रिया