Advertisement
SKIP THIS
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको महामंन्त्रीमा मेघराज खड्काको उम्मेदवारी

निराकरण सम्वाददाता अछाम :नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको महामन्त्रीमा संस्थापन पक्षबाट नेपाली कांग्रेस अछामका पुर्ब पार्टी सभापति मेगराज खड्का उम्मेदवार चयन भएका छन।

नेता कार्यकर्ताको भावनाको कदर गरेर आफूले सुदूरपश्चिम प्रदेशमा महामन्त्री  पदमा उम्मेदवारी दिने घोषणा गरेको खड्काले बताए ।

नेपाली कांग्रेस अछामका पुर्ब पार्टी सभापति समेत भईसकेका नेता खड्का कांग्रेस पार्टीमा राम्रो छवि बनाएका नेता हुन । सरल स्वाभाव, ईमानदार कर्मठ र निष्ठावान नेताको छवि खड्काले बनाएका छन।अछाममा नेपाली कांग्रेसको संगठन बिस्तारमा खड्काको महत्त्वपूर्ण भुमिका रहेको छ।

तपाईको प्रतिक्रिया