तारामान खड्का अछाम :अछाम जिल्लामा बसपार्क नहुदाँ समस्या भएको छ । जिल्लाको प्रमुख ब्यापारी केन्द्र साफेबगरमा सवारी साधन पार्कीङ गर्ने स्थान समेत छैन। पार्कीङ स्थल नहुदाँ अछाममा बिभीन्न स्थानबाट आएका गाडि मुख्य सडकमै पार्कीङ गर्नु पर्ने बाध्यता रहेको छ । साना सडक त्यसैमाथि अब्यवस्थीत गाडि पार्कीङ गरिदा दुर्घटना हुने गरेका छन ।
जिल्ला सदरमुकाममा समेत छैन ,गतिलो बसपार्क ।

जिल्लाको सदरमुकाम मंगलसेनमा समेत बसपार्क नुहदाँ मुख्य सडकै सवारी पार्कीङ गनुपर्ने बाध्यता रहेको छ । भएको एक सानो बसपार्कमा सबै गाडि पार्कीङ गर्दा ठाउँ समेत हुदैन। सदरमुकाम मंगलसेनबाट कर्णाली प्रदेशको राजधानि सुर्खेत सुदूरपश्चीम प्रदेशको राजधानी धनगढी, टीकापुर जाने गाडिहरु समेत सडकमै पार्कीङ गर्नु पर्ने र सो यातायात कम्पनिका टिकट काउन्टर समेत सडक छेउमै रहेका छन । सानो सडक त्यसैमा पार्कीङ गर्नु पर्दा निकै समस्या हुने गरेको सवारी चालक गोबिन्द्र जोशिले बताए ।
जहातही सडकमै सवारी पार्कीङ गरिदिदा आफुहरुको ब्यापार ब्यवसायमा समेत असर पर्ने गरेको ब्यपारीहरु बताउछन। अब्यबस्थीत पार्कीङलाई ब्यवस्थीत पार्नको लागि जनताको नजिकको भनीएको स्थानिय सरकारले ध्यान दिनुपर्ने ब्यापारी साफे हाट बजारका ब्यापारी मक्र कुँवरले बताए ।
जहाँ तहि अब्यवस्थीत पार्कीङ हुदाँ ट्राफिक ब्यवस्थापनमा समेत निकै समस्या हुने गरेको यसरी जहाँ तहि अब्यवस्थीत पार्कीङ हुनुको मुख्य कारण बसपार्क नै नहुनु रहेको ट्राफिक कार्यालय अछामले जनाएको छ ।नयाँ शहर कार्यालय अछामले साफेबगर नगरपालिका ३ शिद्धेश्वर हाटबजारमा बनाउने भनिएको सुबिधा सम्पन्न बसपार्क कहिले बन्छ, अत्तो पत्तो छैन। २०७२ सालमा निमार्ण सुरु गरि २०७५ सालमा निमार्ण सम्पन्न गर्ने गरि थालीएको बसपार्कको काम जग्गा विवादमै रोकीएको छ । अहिले सम्म बसपार्क लागि चाहिने २७ रोपनि जग्गाको मुआब्जा समेत निर्धारण हुन सकेको छैन ।
मुआब्जा निधारणको लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिती हुने गरेको तर प्रमुख जिल्ला अधिकारी परिवर्तन हुने हुँदा मुआब्जा निर्धारण हुन नसकेको साफेबगर नगरपालिका नगर प्रमुख कुल बहादुर कुवरले बताए । नयाँ शहर कार्यलयमा कार्यलय प्रमुख नबस्ने हुदाँ मुआब्जा निर्धारणमा झनै समस्या भएको नगर प्रमुख कुँवरले बताए ।
नेपालको राष्ट्रीय राजनितीमा प्रभावशाली मानिएका भिम रावलको गृह जिल्लामै बसपार्क छैन, भन्दा लाजमर्दो हुनसक्छ ,तर नेता रावलले मध्यपहाडी राजमार्ग देखि आफ्नो घर सम्म जानलाई शक्तीको भरमा नयाँ शहरको ९ करोड बजेटबाट ५ किलोमीटर सडक ग्राबेल गराएका छन ।अछाम बसपार्क बनाउन नसकेपनि प्रमुख बजार क्षेत्रमा ब्यवस्थीत पार्कीङ स्थल बनाउन सकेपनि अब्यवस्थीत सवारी पार्कीङका कारणले हुने सवारी दुर्घटना रोक्न सकीन्छ ।










